समाज

धौलागिरिमा पीसीआर प्रयोगशाला, कोरोना परीक्षण र रिपोर्ट आउन सहज (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ११ गते १८:४७
धौलागिरिमा पीसीआर प्रयोगशाला, कोरोना परीक्षण र रिपोर्ट आउन सहज (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ बागलुङ । कोरोना भाइरस संक्रमण शुरु भएको १ वर्षपछि धौलागिरिमा पीसीआर प्रयोगशाला स्थापना भएको छ । पोहोर बागलुङमा कोरोना संक्रमण फैलिएपछि सरकारले प्रयोगशाला स्थापना गर्ने भनेको थियो । तर त्यसको १० महिनापछि बल्ल प्रयोगशाला स्थापना भएको छ ।

बागलुङको धौलागिरि अस्पतालमा पीसीआर प्रयोगशाला स्थापना गर्ने भनेर सरकारले पोहोर नै घोषणा गरेको थियो । तर त्यो घोषणा भएको १० महिनापछि बल्ल पीसीआर प्रयोगशाला स्थापना भएको छ ।

अस्पतालमा पीसीआर मेसिन जडान भएपछि अब नमूना परीक्षणका लागि पोखरा वा काठमाडौंका प्रयोगशालामा पठाउनुपर्ने र रिपोर्टका लागि हप्तौँ कुर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

अस्पतालमा जडान गरिएको पीसीआर मेसिनको अहिले परीक्षण भइरहेको छ । यो परीक्षण सफल भएर केन्द्रीय प्रयोगशालाबाट अनुमति पाएलगत्तै पीसीआर परीक्षण शुरु गरिने छ ।

यो प्रयोगशालामा एक दिनमा ७० जनाको कोरोना परीक्षण गर्ने क्षमता छ ।

कोरोना परीक्षणका लागि चार जना प्राविधिकले काम गर्नेछन् । धौलागिरि अस्पतालमा आरटी पीसीआर मेसिन जडान गरिएसँगै बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका नागरिकको कोरोना परीक्षण सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *