खेलकूद

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

हिमालय टिभी
२०७८ वैशाख ११ गते ९:१५
त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

११ वैशाख २०७८ काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको फाइनल खेल अपरान्ह १ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ ।

सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको थियो ।

नेदरल्यान्ड्स पनि आजको खेलमा नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ । तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन् ।

कोरोना महामारीकाबीच हुन लागेको आजको उपाधि खेल भने दर्शकबिहीन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्