आईपीएलमा पञ्जाब विजयी, मुम्बई ९ विकेटले पराजित
११ वैशाख २०७८ चेन्नई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पञ्जाब किंग्स विजयी भएको छ ।
आईपीएल क्रिकेटमा गएराति पञ्जाबले साविक विजेता मुम्बई इण्डियन्सलाई ९ विकेटले पराजित गरेको हो । १ सय ३२ रनको मध्यम लक्ष्य पञ्जाबले १४ बल अगावै मात्र एक विकेट गुमाएर पूरा गरेको थियो ।
पञ्जाबको जितमा कप्तान केएल राहुल ६० तथा क्रिस गेल ४३ रनमा अविजित रहे । यसअघि चेन्नईमा टस हार्दै पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ३१ रन बनाएको थियो ।
उसका लागि कप्तान रोहित शर्माले ६३ तथा सूर्यकुमार यादवले ३३ रन बनाए । बलिङमा पञ्जाबका मोहम्मद सामी र रवि विश्नोईले समान २(२ विकेट लिए । ५ खेलमा मुम्बईको यो लगातार दोस्रो तथा प्रतियोगितामा तेस्रो हार हो ।
उता समान खेल खेलेको पञ्जाबले पनि दुई खेल मात्र जितेको छ । प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया