समाज

द्यौलागिरि अस्पतालमा सुविधासम्पन्न अक्सिजन प्लान्टबाट सेवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते १६:५०
द्यौलागिरि अस्पतालमा सुविधासम्पन्न अक्सिजन प्लान्टबाट सेवा (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ बागलुङ । कोरोना संक्रमण बढ्दै जाँदा देशमा अक्सिजनको उपलव्धतालाई लिएर चर्चा हुन थालेको छ । भारतले आपुर्ति बन्द गरेको अवस्थामा सिमावर्ती क्षेत्रमा अक्सिजनको समस्या हुन थालिसकेको छ । बागलुङको धौलागरि अस्पतालमा भने सुविधासम्पन्न अक्सिजन प्लान्ट बनाएर बिरामीलाई सेवा दिन थालिएको छ ।

राजधानी लगायत देशको शहरी क्षेत्रका ठूला अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेर बिरामीले दुख पाइरहेको खबर आइरहेका छन् । तर बागलुङको धौलागिरि अस्पतालमा भने अक्सिजन प्लान्ट गतिलोसँग संचालन भइरहेको छ । बिरामीले बेडसम्मै पाइपलाइनबाट सहजरुपमा अक्सिजन पाइरहेका छन् । गण्डकी प्रदेशको दोस्रो ठूलो व्यापारिक केन्द्र बागलुङमा प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको हो ।

धौलागिरि अस्पतालमा संचालन भइरहेको अक्सिजन प्लान्टका कारण सिलिन्डरको झन्झट हटेको छ । साथै कोरोना संक्रमितको उपचारमा पनि ठुलो सहयोग पुगिरहेको छ ।

अस्पतालमा भर्ना हुने कोरोना संक्रमितमध्ये करिब २० प्रतिशतलाई कुनै पनि समय अक्सिजन आवश्यक पर्ने चिकित्सक बताउँछन् । पाइपमार्फत बेडमै अक्सिजन पुग्ने भएकाले बिरामीका आफन्त पनि ढुक्क देखिन्छन् ।

समयमै अक्सिजन उपलब्ध गराउन सकिए आइसीयू र भेन्टिलेटरमा जाने बिरामीको संख्या कम हुन्छ । भारतमा अहिले अक्सिजनको हाहाकार मच्चिएको छ । नेपालमा पनि त्यस्तै अवस्था आउनसक्ने भन्दै पूर्वतयारी गर्न चिकित्सकले चेतावनी दिइरहेका छन् । बागलुङ अस्पतालले जस्तै अन्यत्र पनि अहिलेदेखि नै अक्सिजनको जोहो गर्नु बुद्धिमानी होला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *