समाज
कोरोना संक्रमण बढेपछि प्रशासनद्वारा अनुगमन शुरु (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख १० गते १३:१६
१० वैशाख २०७८ बागलुङ । बागलुङ नगरपालिका भित्र कोरोनाको संक्रमण तीव्र भएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन थालेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरसहितको टोलीले धौलागिरि अस्पतालको अनुगमन गरी संक्रमितको अवस्था र उपचारबारे जानकारी लिएको छ ।
अनुगमन टोलीले कोभिडका बिरामी राख्नको लागि आइसोलेसन वार्ड बनाउन बागलुङ नगरपालिकाको पुरानो भवन प्रयोग गर्न निर्देशन दिएको छ ।
बागलुङ बजारमा मास्क नलगाइकन हिंड्नेलाई सम्झाई बुझाई गर्ने गरिएको छ । बागलुङमा पार्टी प्यालेस, जिम हल, सिनेमा हल, मन्दिर ,चर्च ,कभर्डहलमा खेलिने खेल सबै बैशाख मसान्तसम्मलाई बन्द गरिएको छ ।
प्रतिक्रिया