खेलकूद

एट्लेटिको मड्रिड ला लिगा फूटबलको शीर्ष स्थानमा फर्कियो

हिमालय टिभी
२०७८ वैशाख १० गते ८:१५
एट्लेटिको मड्रिड ला लिगा फूटबलको शीर्ष स्थानमा फर्कियो

१० वैशाख २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड शीर्ष स्थानमा फर्किएको छ ।

ला लिगामा गएराति ह्यूस्कामाथि २–० गोलको जित निकाल्दै एट्लेटिको फेरि शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा एट्लेटिकोको जितमा एञ्जल कोरेया र यान्निक कारास्कोले गोल गरे ।

एट्लेटिकोले रियल मड्रिडलाई पछि पार्दै पहिलो स्थान कब्जा गरेको हो । एट्लेटिकोले ३२ खेलबाट ७३ अंक जोड्दा रियलको समान खेलबाट ७० अंक छ । ह्यूस्का रेलिगेशन जोनमा रहेको टोली हो ।

यस्तै अर्को खेलमा गेटाफेलाई ५–२ गोलले हराउँदै बार्सिलोना तेस्रो स्थानमा पुगेको छ । घरेलु मैदानमा बार्सिलोनाले खेलको आठौं मिनेटमै लियोनल मेस्सीको गोलसँगै अग्रता बनायो ।

तर १२औं मिनेटमा बार्सिलोनाका क्लिमेन्ट लेंगलेटले आत्मघाती गोल गरेपछि खेल १(१ को बराबरीमा आयो । २८औं मिनेटमा गेटाफेका सोफिन चाक्लाले आत्मघाती गोल गरे ।

त्यसपछि बार्सिलोनाका लागि ३३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो र ६९औं मिनेटमा गेटाफेका इनेस उनलले गोल गरेपछि खेल ३–२ को स्थितीमा पुग्यो। त्यसपछि ८७औं मिनेटमा रोनाल्ड आराउनु र इञ्जुरी समयमा एन्टोनी ग्रिजम्यानको गोलसँगै बार्सिलोना ५–२ ले विजयी भयो ।

३१ खेलबाट बार्सिलोनाले ६८ अंक जोडेको छ । अन्य खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई २–१ र ग्रानाडाले इबरलाई ४१ गोलले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्