खेलकूद

बेंग्लोर आईपीएलको शीर्ष स्थानमा, राजस्थान १० विकेटले पराजित

हिमालय टिभी
२०७८ वैशाख १० गते ७:४५
बेंग्लोर आईपीएलको शीर्ष स्थानमा, राजस्थान १० विकेटले पराजित

१० वैशाख २०७८ चेन्नई । रोयल च्यालेञ्जर्स बेंग्लोर इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा पुगेको छ ।

आईपीएल अन्तर्गत लगातार चौथो जित निकाल्ने क्रममा राजस्थान रोयल्समाथि १० विकेटको शानदार जितसहित बेंग्लोर शीर्ष स्थानमा पुगेको हो । १ सय ७८ रनको लक्ष्य बेंग्लोरले २१ बल अगावै बिना विकेट भेट्टाएको थियो ।

बेंग्लोरका देवदत्त पड्डीकल १ सय १ एक र कप्तान विराट कोहली ७२ रनमा अविजित रहे । यसअघि मुम्बईमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ७७ रन बनाएको थियो ।

उसका लागि शिवम् दुबेले ४६ तथा राहुल टिवेटियाले ४० रन बनाए । बलिङमा बेंग्लोरका मोहम्मद सिराज र हर्षल पटेलले समान ३(३ विकेट हात पारे । जितसँगै हालसम्म अविजित बेंग्लोरले चार खेलबाट ८ अंक जोडेको छ ।

उता समान खेल खेल्दै एक खेल मात्र जितेको राजस्थान तालिकाको पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत आज पञ्जाब किंग्स र साविक विजेता मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्