रियल मड्रिड स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा
९ वैशाख २०७८ काठमाडौं । काडिजमाथि ३–० को सहज जीत निकाली रियल मड्रिड स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
एथ्लेटिको मड्रिडसँग समान ७० अंक भए पनि रियल मड्रिड गोल अन्तरका आधारमा शीर्ष स्थानमा पुगेको हो ।
अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन करिम बेन्जिामाले ३० र ४० औँ मिनेटमा गोल गरे । ३३ औँ मिनेटमा अल्भारो आड्रिओजोलाले गोल गरेका हुन् ।
जितपछि शीर्ष स्थानमा पुगेको रियल मड्रिडको ३२ खेलबाट ७० अंक भएको छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिड समान ७० अंकसहित दोस्रो स्थानमा छ ।
गएराति नै भएको खेलमा लेभान्टेलाई १–० ले पराजित गरेको सेभिल्ला ६७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । ३० खेलबाट ६५ अंक रहेको बार्सिलोना चौथो स्थानमा छ ।
अन्य खेलमा ओसासुनाले भ्यालेन्सियालाई ३–१ तथा एलाभेसले भिल्लारियललाई २–१ ले पराजित गर्दा रियल बेटिस र एथ्लेटिको बिल्बाओले गोलरहित तथा एल्ची र रियल भालाडोलिडले १–१ को बराबरी खेलेका छन् ।
प्रतिक्रिया