त्रिदेशीय क्रिकेट सिरिजमा आज नेपाल र मलेसिया भिड्दै
![त्रिदेशीय क्रिकेट सिरिजमा आज नेपाल र मलेसिया भिड्दै](https://www.himalayatv.com/wp-content/uploads/2021/04/tu-cricket-maidan.jpg)
९ वैशाख २०७८ काठमाडौं । त्रिकोणात्मक ट्वेन्टी-ट्वेन्टी क्रिकेट शृंखलामा आज आयोजक नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
लीग चरणको अन्तिम खेलमा आज नेपाल र मलेसिया भिड्न लागेका हुन् । नेपाल यसअघि नै फाइनल पुगिसकेको टोली हो । आज विजयी भए नेपालले शीर्ष टोलीको रुपमा फाइनलमा स्थानमा बनाउने छ ।
नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले हराउँदा तेस्रो खेलमा नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको थियो ।
उता प्रतियोगितामा जितविहीन मलेसियाले आज सान्त्वना जितका लागि मात्र खेल्नेछ । नेदरल्याण्ड्सको ४ खेलबाट ५ अंक हुँदा एक खेल कम खेलेको नेपालको ४ अंक र ३ खेलबाट मलेसियाको एक अंक मात्र छ ।
हिजो वर्षाले प्रभावित खेलमा नेदरल्याण्ड्स र मलेसियाबीचको खेल बराबरी भएपछि नेपाल र नेदरल्याण्ड्सले फाइनलमा स्थान पक्का गरेका थिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा एक बजे खेल शुरु हुनेछ ।
प्रतिक्रिया