समाज

चामवासबाट विस्थापित बाढी-पहिरो पीडितको यस्तो बिचल्ली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ९ गते ६:१७
चामवासबाट विस्थापित बाढी-पहिरो पीडितको यस्तो बिचल्ली (भिडियो रिपोर्टसहित)

९ वैशाख २०७८ धादिङ । धादिङको गजुरीस्थित चेपाङटारीमा अस्थायी बसोबास गर्दै आएका बाढी पहिरो पीडितको बिचल्ली भएको छ । विस्थापित भएको एक वर्षसम्म पनि सम्बधित निकायले पुनर्स्थापनामा ध्यान नदिएपछि चामवासबाट विस्थापित पहिरो पीडित अहिले समस्यामा परेका हुन् ।

यो धादिङका बाढी पहिरो पीडत बस्दै आएको चेपाङटारीको शिविर । यो टहरामा वृद्धवृद्धा, अशक्त र बालबालिका र सुत्केरीसमेत बस्दै आएका छन् ।

गत साउन ५ गतेको बाढी पहिरोले विस्थापित भएर यहाँ बस्दै आएका चामबासका पीडितका यी अस्थायी टहरा अहिले हावाहुरीले उडाइदिएको छ । हावाले जस्ता उडाउँदा केही घाइते भएका छन् ।

हावाहुरी लाग्ने र असिना, चट्याङसहितको वर्षाका कारण उनीहरु वर्षदिन पनि नपुग्दै दोश्रो पल्ट बिचल्लीमा परेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर पेट पाल्दै आएका उनीहरु काममा नगए चुल्हो बल्दैन । काममा जाँदा कटेरामा हावाहुरीले क्षति गर्ने र सन्तानलाई जस्ताले घाइते बनाउने हो कि भन्ने चिन्ता छ ।

बाढी पहिरोका कारण गजुरीस्थित चामबासका २१ परिवार गत साउनमा विस्थापित भएका थिए । गजुरी गाउँपालिकाले चेपाङटारीमा निजी जग्गा भाडामा लिएर अस्थायी टेण्ट, जस्तापाताका टहरा बनाएर अस्थायी बसोबासको प्रवन्ध गरिदिएको थियो । तर अहिले गाउँपालिकाले जग्गाको भाडा पनि तिरेको छैन । उनीहरुलाई टहरा हटाउन जग्गाधनीले दबाब दिँदै आएका छन ।

जग्गाधनीकै दबाबका बिचमा हावाले टहरा उडादियो । र बिचल्ली थपियो । त्यसैले उनीहरु आफूलाई स्थायी बसोबासको व्यवस्था गरिदिन आग्रह गर्छन् ।

विस्थापितलाई पुर्नस्थापना गर्ने जिम्मेवारी पाएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत र उपाध्यक्ष सिता ढुंगानाले फर्केर पनि यो शिविरमा नहेरेको उनीहरुको गुनासो छ । त्यसैले उनीहरु आक्रोशित छन् ।

बर्षामा बाढी पहिरोले र हिउँदमा हुरी बतासले दिएको पीडाले चामबासका पीडितको आक्रोश बढेको छ । त्यसैले उनीहरुलाई तत्काल स्थायी बसोबासको व्यवस्था मिलाउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *