अन्तर्वार्ता

सांसद नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्था : प्रधानमन्त्री ओलीद्वारा सामान्यझै प्रयोग (भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ वैशाख ८ गते १८:३०
सांसद नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्था : प्रधानमन्त्री ओलीद्वारा सामान्यझै प्रयोग (भिडियो कुराकानी)

८ वैशाख २०७८ काठमाडौं । संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्था छ । तर त्यस्तो व्यक्ति ६ महिनाभित्र सांसद भैसक्नुपर्छ ।

मन्त्रिपरिषदको गुणस्तर बढ्छ भनेर संविधानमा यस्तो व्यवस्था गरिएको हो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक यो व्यवस्थालाई सामान्यझै प्रयोग गरिरहनुभएको छ ।

पछिल्लो पाँच महिनामा गैरसांसद सातसात जना व्यक्तिलाई मन्त्री बनाइएको छ । के यो संविधानको स्पिरिट अनुसार छ त ? हामीले संवैधानिक कानूनका जानकार डाक्टर चन्द्रकान्त ज्ञवालीसँग कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्