समाज

बागलुङको बलेवा विमानस्थल निर्माण कालोपत्रेको चरणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ८ गते १३:४१
बागलुङको बलेवा विमानस्थल निर्माण कालोपत्रेको चरणमा (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ बागलुङ । बागलुङको बलेवा विमानस्थल कालोपत्रेको चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्रेका लागि पूर्वाधार काम सकिएको छ । विमानस्थलको तारबार, नाली तथा ग्राभेलको काम सकिएको र अब कालोपत्रेको मात्रै काम बाँकी छ ।

बागलुङको बलेवा विमानस्थललाई बाह्रै महिना सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । वैशाखभित्रै विमानस्थलको ७ सय मिटर लम्बाई तथा ३० मिटर चौडाई धावनमार्ग कालोपत्रे गरी सक्ने योजना छ ।

धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत वर्षको फागुनमा काम शुरु गरेको भए पनि लकडाउनका कारण निर्माणमा केही ढिलाई भएको थियो ।

धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा विनियोजन गरेको चार करोड रुपैयाँबाट कालोपत्रे गर्नका लागि पूर्वाधार निर्माणको काम शुरु गरिएको थियो ।

नागरिक उड्डययन प्राधिकरणले कालोपत्रे गर्नका लागि काष्ठमण्डव उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । बैशाख भित्र कालोपत्रे सम्पन्न गर्नका लागि विमानस्थलको कालोपत्रे बाहेक सबै पूर्वाधार निर्माण सम्पन्न भएको छ ।

बिमानस्थलमा अहिलेसम्म बेस, सब बेश, नाली तथा तारवारको काम सकिएको छ । अब कालोपत्रे बिच्छाउन मात्रै बाँकी छ । २६ वर्षदेखि बन्द रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएर नेपाल एरलाइन्स तथा तारा एरलाइन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ ।

बागलुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थानमा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरे पनि कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्रे नहुनु लगायतका समस्याका कारण २६ वर्ष पछि सञ्चालनमा आएको विमानस्थल पुन बन्द भएको थियो । अहिले नागरिक उड्डययन प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न थाले पछि स्थानियबासिन्दा खुसी छन् ।

बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई हवाई सेवा प्रदान गर्ने गरी प्राधिकरणले धावनमार्ग कालोपत्रे गर्न लागेको हो । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि बिमानस्थल बन्द भएको भन्दै कालोपत्रे गरेर विमानस्थल सञ्चालनमा आउने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *