खेलकूद

त्रिदेशीय क्रिकेटमा आज नेदरल्याण्ड्स र मलेसिया भिड्दै

हिमालय टिभी
२०७८ वैशाख ८ गते ७:५२
त्रिदेशीय क्रिकेटमा आज नेदरल्याण्ड्स र मलेसिया भिड्दै

८ वैशाख २०७८ काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलामा आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा बाह्र बजे खेल शुरु हुनेछ । दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्स आजको जीत हासिल गरी फाइनलमा स्थान पक्का गर्ने योजनामा छ ।

नेदरल्याण्ड्सले ३ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित नेदरल्याण्ड्सले दोस्रो खेलमा मलेसियालाई १५ रनले र तेस्रो खेलमा नेपाललाई ३ विकेटले हराएको थियो ।

उता जितविहनि मलेसियालाई आजको खेल जिते पनि फाइनल पुग्न कठिन छ । मलेसिया पहिलो खेलमा नेदरल्याण्ड्ससँग १५ रनले र दोस्रो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । तीन खेलमा दुई खेल जित्दै आयोजक नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले हराएको थियो । नेपालले लीग चरणको अन्तिम खेल भोलि मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा जारी शृंखलाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते शनिबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्