समाज

प्रदुषण र दुर्गन्ध कम गर्न कवाडी प्रशोधन उद्योग सञ्चालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ८ गते ६:१९
प्रदुषण  र दुर्गन्ध कम गर्न कवाडी प्रशोधन उद्योग सञ्चालन (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ दाङ । पछिल्लो समयमा देशमा अधिकांश शहरमा प्रदुषण र दुर्गन्ध बढेको छ । प्रदुषण र फोहोर घटाउन कवाडी सामग्रीको प्रशोधन गर्ने उद्योगको योगदान धेरै हुन्छ । पछिल्लो पटक दाङको घोराही यस्तै उद्योग संचालनमा आएको छ ।

वातावरण प्रदूषणलाई न्युनिकरण गर्ने उद्देश्यका साथ दाङको घोराहीमा कवाड व्यवस्थापन उद्योग सञ्चालन गरिएको छ ।

बजार क्षेत्रमा यत्रतत्र फालिएका पानीका बोतलसहितका प्लाष्टिकजन्य कवाडी संकलन गरेर पुनः प्रयोगमा ल्याउने उद्धेश्यका साथ पूर्व शिक्षिका बाल्मी केसीले उद्योग खोल्नुभएको हो । उद्योगले थोरै तौल भएका कवाड सामाग्रीको उचित व्यवस्थापन गर्नेछ ।

पानीका बोतलसहितका सामग्री प्रतिकिलो १० देखि १२ रुपैयाँमा खरिद गर्ने गरिएको छ । गत्ता, प्लाष्टिक झोला, पानीका बोतल, सलाइनका बोतल लगायतलाई कवाड मेसिनमा अलग(अलग गरी पेलिन्छ । ति सामानको छुट्टाछुट्टै बन्डल बनाइ कच्चा पदार्थ बुटवल भैरहवा नेपालगञ्ज लगायतका शहरमा बिक्री गरिन्छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ पनौरामा सञ्चालित यो उद्योगमा १२ जनाले रोजगारी पाएका छन् ।

नेपालमा प्रदुषण बढ्दै गएको छ । यसलाई न्युनिकरण गर्न यस्ता उद्योगको भूमिका बढी हुन्छ । त्यसैले सरकारले पनि यस्ता उद्योगलाई प्रोत्साहित गर्नु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *