बाँकेमा संक्रमण रोक्न पर्सिदेखि लकडाउन हुने (भिडियो रिपोर्टसहित)
७ वैशाख २०७८ बाँके । बाँकेमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएपछि नियन्त्रणका लागि लकडाउन गरिने भएको छ । कोरोना संकट ब्यबस्थापन समितिको पहलमा आज बसेको सर्बपक्षिय बैठकले पर्सीदेखि एक साताका लागि लकडाउन गर्न प्रशासनलाई आग्रह गरेको हो । यसबारेमा प्रशासनले भोली निर्णय गर्ने भएको छ ।
बाँकेमा कोरोना संक्रमण तिब्र गतिमा समुदायस्तरमै फैलिएकाले स्थिति भयाबह हुन नदिन जनप्रतिनिधि, चिकित्सक, उद्योगी ब्यबसायी, नागरिक समाजका अगुवाको बैठकले लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोही अनुसार प्रशासनले एकसाता लकडाउन गर्ने तयारी गरेको छ ।
पछिल्ला दिनमा बाँकेमा दैनिक २ सयदेखि ३ सयसम्म संक्रमित थपिइरहेका छन् । दैनिक ३ जना सम्मको मृत्यु हुन थालेको छ । संक्रमितले अस्पताल भरी भराउ भएको भन्दै चिकित्सकले तत्काल लकडाउन गरेर भाइरसको चेन ब्रेक गर्न आग्रह गरेका थिए ।
चिकित्सकले संक्रमणको अबस्थाका बारेमा जानकारी गराएपछि जनप्रतिनिधि र उद्योग बाणिज्य संघका प्रतिनिधि पनि लकडाउन गर्न सहमत भएका हुन ।
लकडाउन अवधिभर एम्बुलेन्स अत्यावश्यक सेवाका सवारी साधन र भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिलाई ओसार्ने सवारी साधनलाई भने संचालन गर्न दिइने बताइएको छ । पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिकासहित संक्रमण बढी भएका स्थानीय तहमा लकडाउन गर्ने प्रशासनको तयारी छ ।
प्रतिक्रिया