खेलकूद

नेपाल सुपर लीगमा भारतीय कम्पनी निभियाको बल प्रयोग हुने

हिमालय टिभी
२०७८ वैशाख ७ गते १८:५२
नेपाल सुपर लीगमा भारतीय कम्पनी निभियाको बल प्रयोग हुने

७ वैशाख २०७८ काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फूटबल लीग नेपाल सुपर लीग (एनएसएल)मा भारतीय कम्पनी निभियाको बल प्रयोग हुने भएको छ ।

बल पार्टनरका रुपमा आज एनएसएल आयोजक नेपाल स्पोर्टस् एन्ड म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरी र निभियाको नेपाल प्रतिनिधि किशोर थापरले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

निभियाको अष्टांग बल विश्व फूटबलको सर्वोच्च निकाय फिफाको प्रो क्याटेगोरी पाएको फूटबल हो । भारतमा तयार पारिएको ८ प्यानेलको यो बल फिफाको प्रयोगशालामा परीक्षण गरी अन्तर्राष्ट्रिय खेलमा प्रयोग भएको हो ।

फिफाको मापदण्ड अनुसार बाटुलो भएको पानी सोस्ने र सही ढंगले उफ्रिने लगायतको सबै परिक्षण यो बलमा गरिएको कम्पनीले जनाएको छ ।

यही कम्पनीको बल यसअघि सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा पनि प्रयोग भएको थियो । त्यस समय निभियाकै सिम्बोलो बल प्रयोग भएको थियो । वैशाख ११ गते देखि जेठ १ गते सम्म चल्ने एनएसएलका खेलहरु दशरथ रंगशालामा खेलाईने छ ।

प्रतियोगितामा विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, काठमाडौ रेजर्स, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, एफसी चितवन र धनगढी एफसी गरि ७ टोलीको सहभागिता हुनेछ । सरकारको पछिल्लो निर्णयसँगै खेल बन्द रंगशालामा खेलाईने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्