खेलकूद

त्रिदेशीय टी–ट्वेन्टी सिरिजः नेपालद्वारा नेदरल्याण्ड्ससामू २०७ रनको लक्ष्य प्रस्तुत

हिमालय टिभी
२०७८ वैशाख ७ गते १५:०५
त्रिदेशीय टी–ट्वेन्टी सिरिजः नेपालद्वारा नेदरल्याण्ड्ससामू २०७ रनको लक्ष्य प्रस्तुत

७ वैशाख २०७८ काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेलेपछि नेपालले २०६ रन बनाएको हो। टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै २० ओभर खेल्दै छ विकेट गुमाएर २०६ रन बनाएको हो ।

तीन खेलमा लगातार तेस्रो अर्धशतक पूरा गरेका भुर्तेलले ४६ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै ६२ रन जोड्न सफल भए। यसअघि उनले सोमबार मलेसिया र शनिबार नेदरल्यान्ड्सविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए।

आजको खेलमा ऐरीले ३० बलमा पाँच छक्का र तीन चौकासहित ६० रन बनाए। सोमपाल कामीले २१, ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८, विनोद भण्डारीले सात रन बनाए। करन केसीले एक रनमात्र जोड्दा आसिफ सेखले खाता खोल्नसमेत असफल देखिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्