आर्थिक

सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको निर्देशन

हिमालय टिभी
२०७८ वैशाख ७ गते ९:०५
सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको निर्देशन

७ वैशाख २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जोखिम बढेको भन्दै उच्च सतर्कतासहित सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै सङ्क्रमण तीव्र गतिमा बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना गरी कारोबार गर्न निर्देशन दिएको हो ।

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम कम गर्न बैंकले निर्देशन दिएको छ ।

सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था गर्नसमेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइएको छ। बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवा यथा सम्भव विद्युतीय माध्यमबाट गर्न तथा गराउनुपर्ने समेत केन्द्रीय बैंकको भनाइ छ ।

बैंकहरूले एटिएम बुथहरूबाट हुन सक्ने सङ्क्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर तथा टिस्यु पेपरको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

यस्तै बैंकहरूले गर्ने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरूमा भौतिक दूरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म भर्चुअल गर्न भनिएको छ भने आवश्यकताका आधारमा रिमोट एक्सेस, वर्क फ्रमहोम, सिफ्टअनुसार काम गर्नेलगायतका उपाय अबलम्बन गर्न पनि भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *