खेलकूद

त्रिकोणात्मक क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

हिमालय टिभी
२०७८ वैशाख ७ गते ८:४३
त्रिकोणात्मक क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

७ वैशख २०७८ काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलामा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा आयोजक नेपालले आज नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । नेपाल आज लगातार तेस्रो खेल जित्ने लक्ष्यमा हुनेछ । आज विजयी भए नेपालले फाइनलमा स्थान पक्का पार्नेछ ।

उता पहिलो खेलमा पराजित नेदरल्याण्ड्सले दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो ।

लगातार दुई जितसँगै नेपालले ४ अंक जोडेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान खेल दिउँसो सवा एक बजेदेखि शुरु हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

यसैबीच आजदेखि प्रतियोगिताका बाँकी खेल हेर्न दर्शकले मैदान प्रवेश गर्न नपाउने भएका छन् ।

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले रंगशालामा दर्शकसहितको खेलकूद बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेपछि अबका बाँकी खेल बन्द मैदानमा हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्