खेलकूद

आईपीएलमा चेन्नई विजयी, राजस्थान ४५ रनले पराजित

हिमालय टिभी
२०७८ वैशाख ७ गते ७:१४
आईपीएलमा चेन्नई विजयी, राजस्थान ४५ रनले पराजित

७ वैशाख २०७८ चेन्नई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा चेन्नई सुपर किंग्स विजयी भएको छ ।

आईपीएल अन्तर्गत लगातार दोस्रो जित निकाल्ने क्रममा चेन्नईले राजस्थान रोयल्सलाई ४५ रनले हराएको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेट गुमाएर १ सय ४३ रनमात्र जोड्न सक्यो ।

राजस्थानका लागि जोश बट्लरले ४९, जयदेव उनधकटले २४ तथा राहुल टिवेटियाले २० रन बनाए । चेन्नईका मोइन अलीले तीन तथा साम करन र रविन्द्र जडेजाले समान दुई(दुई विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८८ रनको योगफल तयार पारेको थियो ।

चेन्नईका फाफ डुप्लेसिसले ३३, अम्बाटी रायुडुले २७ तथा मोइन अलीले २६ रन जोडे । बलिङमा राजस्थान चेतन साकारियाले तीन तथा क्रिस मोरिसले दुई विकेट हात पारे ।

जितसँगै तीन खेलबाट ४ अंक जोड्दै चेन्नई तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

आज चेन्नईमा दिल्ली क्यापिटल्स र साविक विजेता मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्