खेलकूद

त्रिदेशीय क्रिकेट : मलेसियाद्वारा नेपालसामू ११० रनको लक्ष्य

हिमालय टिभी
२०७८ वैशाख ६ गते १४:४८
त्रिदेशीय क्रिकेट : मलेसियाद्वारा नेपालसामू ११० रनको लक्ष्य

६ वैशाख २०७८ काठमाडौं । त्रिदेशीय ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई जितका लागि १ सय १० रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो ।

खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो । करण केसीको बलमा विनोद भण्डारीले क्याच गर्दै अनवर अरुदिनलाई ८ रनमा पेभिलियन फर्काएका थिए ।

मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । उनले २४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै शार्भिन निएन्डीले १५ बल खेल्दै १ छक्का मद्दतमा २० रन जोडे । शाफिक शारिफले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका लागि करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यस्तै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले समान १ विकेट लिए । दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्