खेलकूद

त्रिदेशीय क्रिकेटमा नेदरल्याण्ड्स विजयी, मलेसिया १५ रनले पराजित

हिमालय टिभी
२०७८ वैशाख ५ गते १७:१५
त्रिदेशीय क्रिकेटमा नेदरल्याण्ड्स विजयी, मलेसिया १५ रनले पराजित

५ वैशाख २०७८ काठमाडौं । ओपनर म्याक्स ओडाउडको शतकीय पालीको मद्दतमा नेदरल्याण्ड्सले काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा पहिलो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो । जितका लागि १ सय ९२ रनको विशला लक्ष्य पछ्याएको मलेसियाले पुरै २० ओभर खेलेर ८ विकेट गुमाउँदै १ सय ७६ रनमात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको मलेसियाले चौंथो ओभरमा २० रन बनाउँदा ३ विकेट गुमाईसकेको थियो । त्यसपछि आएका मध्यक्रमका ब्याट्सम्यानहरु विरानदीप सिंह र शार्विन मुनिआन्दीले ५८ रनको साझेदारी गर्दै मलेसियाको पाली सम्हाले ।

५३ बलको सामना गरेका विरानदीपले समान ६ चौंका र ६ छक्काको मद्दतमा ८७ रन बनाए । शार्विनले २८ र तल्लोक्रममा अमिनुदीन राम्लीले २६ रन बनाए । उसका अरु ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाका ब्याट्सम्यानविरुद्ध दबाब बनाएको नेदरल्याण्ड्सका बलर आर्यन दत्त, बास डे लिड र सबास्टियन ब्राटले समान २(२ विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरयाण्ड्सले पुरै ओभर खेल्दै २ विकेट गुमाएर १ सय ९१ रनको विशाल योगफल बनायो ।

पहिलो खेलमा घरेलु टोली नेपालसँग हिजो ९ विकेटको फराकिलो अन्तरले हारेको नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडाउडले नटआउट १ सय ३३ रन बनाए । नेदरल्यान्ड्सको इतिहासमै ट्वेन्टी(ट्वेन्टी अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गर्ने क्रममा ओडाउडले ७३ बल खेल्दै १५ चौका र ६ छक्का हिर्काए । यसअघि कप्तान पिटर शिलारले बनाएको ९६ रननै नेदरल्याण्ड्सका लागि सर्वाधिक रन हो ।

ओडाउडलाई अर्को एन्डबाट ओडाउडलाई राम्रो साथ दिएका बेन कुपरले २० रन बनाए । ६६ रन बनाउँदा दुई विकेट गुमाएको नेदरल्याण्ड्सका लागि ओडाउड र बेन कुपरले १ सय २५ रनको साझेदारी गरे । उसका स्कट एडवार्ड्सले ३१ रन जोडे । जितसँगै नेदरल्याण्ड्सको २ खेलबाट २ अंक भएको छ ।

पहिलो खेलमा जितेको नेपालसँग समान २ अंक भए पनि रनरेटको आधारमा नेदरल्याण्ड्स दोस्रो स्थानमा छ । सिरिजमा भोलि दिउँसो सवा एक बजे नेपाल र मलेसियाबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्