खेलकूद
बार्सिलोनालाई स्पेनिस कोपा डेल रे फूटबलको उपाधि
२०७८ वैशाख ५ गते ८:००
५ वैशाख २०७८ काठमाडौं । बार्सिलोनाले स्पेनिस कोपा डेल रे फूटबलको उपाधि जितेको छ ।
फाइनलमा एथ्लेटिक बिल्बाओमाथि ४–० को शानदार जित निकाल्दै बार्सिलोनाले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । त्यसपछि दोस्रो हाफमा बार्सिलोनाले १२ मिनेटको अवधिमा ४ गोल गरेको थियो ।
६०औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनालाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै डी जोङले बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि कप्तान लियोनल मेस्सीले ६८औं र ७२औं मिनेटमा गोल थप्दै बार्सिलोनाको जित सुनिश्चित पारे ।
यससँगै बार्सिलोनाले ३१ पटक कोपा डेल रे प्रतियोगिताको उपाधि जितेको छ । उता एथ्लेटिक भने लगातार दोस्रो पटक उपविजेतामै सिमित रह्यो ।
प्रतिक्रिया