समाज

घरघरमा धारा पुगेपछि दंग छन् धादिङको पिडाका बासिन्दा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते ६:३५
घरघरमा धारा पुगेपछि दंग छन् धादिङको पिडाका बासिन्दा (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ धादिङ । धादिङको पिडामा खानेपानीको सधैं हाहाकार हुन्थ्यो । खानेपानीकै लागि गाउँलेबीच झैंझगडा त सामान्य जस्तै थियो । तर अहिले यो गाउँमा परिस्थिति फेरिएको छ । घरघरमा धारा पुगेका छन् ।

धादिङको पिडा गाउँ, नामजस्तै यो गाउँका बासिन्दा खानेपानीको पीडा झेल्न बाध्य थिए । एक गाग्रो पानी ल्याउन टाढाटाढा धाउनुपर्ने बाध्यता थियो । तर अहिले गाउँलेले सुखको स्वास फेर्न पाएका छन् ।

घरघरमा खानेपानीका धारा जडान् भएर पानी आउन थालेपछि स्थानीयमा खुसीको सीमा छैन् । गजुरी गाउँपालिकाअन्तर्गत पर्ने वडा नम्बर ५ र ६ मा पर्ने पिडाका छापगाँउ, भिमसेनस्थान, डाँडाटोल, कुलेचौर, भत्तेरचौर, दोभान र जोगीबिसौनाका घरघरमा खानेपानी आउन थालेको छ । विगतमा पानीको निहुँमा दैनिक हुने झैंझगडा पनि अन्त्य भएको छ । सरसफाई र स्वास्थ्यमा पनि सुधार आएको छ ।

पिडा खानेपानी तथा सरसफाई आयोजनाले वस्तीदेखि १४ किलोमिटर टाढा ढुङ्गेनी र घाँसीखोलाको मुहानबाट पानी ल्याएर गाउँमा वितरण गरेको हो । ६ वटा रिजर्व ट्यान्कीमा पानी जम्मा गरेर घरघरमा वितरण गर्ने व्यवस्था मिलाइएको छ । पानी भएपछि स्थानीयले अहिले करेसाबारी बनाएर तरकारी खेती पनि गर्न थालेका छन् ।

सामाजिक संस्था प्रयास नेपाल र अक्सफामको एक करोड तीन लाख, गजुरी गाउँपालिकाको १४ लाख ६५ हजार तथा स्थानीयको ४९ लाख रुपैयाँ बराबरको श्रमदानबाट आयोजना निर्माण भएको हो । आयोजनालाई स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *