आर्थिक

असिनाले ४० करोडभन्दा बढीको तरकारी बाली यसरी भयो सखाप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते ६:२९
असिनाले ४० करोडभन्दा बढीको  तरकारी बाली यसरी भयो सखाप (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ धनकुटा । यो वर्ष लामो समयसम्मको खडेरीले धनकुटाका कृषक समस्यामा थिए । खडेरीकै बिच लगाएको अन्न तथा तरकारी बाली असिनाले नष्ट गरेको छ । जसका कारण किसानको चिन्ता थपिएको छ । जिल्लामा असिनाले ४० करोड भन्दा बढीको बाली सखाप पारेको छ ।

धनकुटाको छथरजोरपाटि गाउँपालिका तरकारीको भण्डारका रुपमा चिनिन्छ । तर यो वर्ष यहाको तरकारी बाली असिनाले सबै सखाप बनाएको छ । लामो सयमको खडेरीपछि बिहीबार राती परेको असिना पानीले आलु, गोभी, मटरकोसा, साग लगायतका बालप् तथा बेर्ना पूर्णरुपमा नष्ट गरेको छ ।

फुलगोकोभीको फल र पात सबै असिनाले झरेर डाँठ मात्र बाँकी राखेको छ । मटरकोसा र आलुको बोट निमिट्यान्नै भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार यो क्षेत्रमा मात्र १ हजार २ सय १० हेक्टरमा लगाइएको तरकारीबाली नष्ट भएको छ । जसबाट १३ करोड भन्दा बढिको नोक्सानी भएको छ ।

यी तिनै कृषक हुन् जसको गत वर्ष लकडाउनका कारण करोडौ रुपैयाँको तरकारी बाली बारीमै कुहिएको थियो । वर्षेनि लाखौं रुपैयाँ घाटा बेहोर्दै आएका यहाँका किसानले क्षतिपुर्ति र वित्तीय संस्थाबाट लिइको ऋणको किस्ताको भाका बढाइदिन माग गरेका छन् ।

कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार असिनाले सबैभन्दा बढी छथर जोरपाटि गाउँपालिकामा असर गरेको छ । त्यस्तै महालक्ष्मी नगरपालिका, धनकुटा नगरपालिका तथा पाख्रिवास नगरपालिकामा पनि क्षति पुगेको छ । जिल्लामा ४० करोड भन्दा बढीको क्षति भएको ज्ञान केन्द्रको प्ररम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *