समाज

बागलुङ र पर्वत जोड्ने विश्वकै लामो झोलुङ्गे पुलमा यसरी जोखिम बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते ६:२४
बागलुङ र पर्वत जोड्ने विश्वकै लामो झोलुङ्गे पुलमा यसरी जोखिम बढ्दै (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७७ बागलुङ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गेपुल हेर्ने र तर्नेको संख्या बढेपछि जोखिम बढेको छ । बागलु¾मा विश्वकै लामो पुल बनेको सुनेर देशका विभिन्न ठाउँबाट यहाँ पर्यटक पुग्ने गरका छन् । उनीहरुले आफूखुसी झोलुङ्गे पुल तर्ने गरेका कारण जोखिम बढेको छ ।

बागलुङ र पर्वत जोड्ने बाङ्गेचौर अदुवबारी झोलुङ्गे पुल । तर यो पुल तर्दै गरेकाहरु पर्यटक हुन् ।

जो ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर अग्लो पुल हेर्न र घुम्न यहाँ आएका हुन् । बिदा र चाडबाडको दिन यहाँ यस्तै गरी भीड लाग्छ । भिडभाडका कारण पुल हिड्नै नसकिने गरी हल्लिने गरेको छ ।

त्यसैले उनीहरु पुलमा व्यवस्थित गरेर मात्र मान्छेलाई ओहोरदोहोर गर्न दिनुपर्ने बताइरहेका छन् ।

नेपालमा परीक्षण कै रूपमा रहेको झोलुङ्गे पुल पछिल्लो समय सयौंले आवतजावत गरेपछि जोखिममा परेको छ । त्यसैले पुलको मर्मत गर्न आवश्यक रहेको स्थानीय बासिन्दाको भनाइ छ ।

पुलकै कारण पर्यटक बढेका छन् । पर्यटक बढेसँगै स्थानीय बासिन्दाले फाइदा लिन सक्छन् । तर अहिले कोरोना कहरका कारण यसरी बढ्ने अव्यवस्थित भीडले एकातिर संक्रमणको जखिम बढेको छ । अर्कातर्फ एकै पटक धेरैको भीड लाग्दा पुल पनि खतरामा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *