समाज

भारतबाट नेपालगञ्ज हुँदै घर फर्कँनेमा कोरोना संक्रमण उच्च (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ४ गते १८:३९
भारतबाट नेपालगञ्ज हुँदै घर फर्कँनेमा कोरोना संक्रमण उच्च (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७८ बाँके । भारतबाट नेपालगञ्ज नाका हुँदै घर फर्किनेमा कोरोना संक्रमण उच्च देखिएको छ । आज बिहान नाकामा १७ जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतको गुजरात र दिल्लीबाट आएका उनीहरु सुर्खेत, बाँके, दाङ र जाजरकोट जाँदै थिए । संक्रमितमध्ये ६ जना सुर्खेतको सिम्ता क्षेत्रका हुन् । भारतबाट दैनिक १ हजारको संख्यामा नेपाली घर फर्किरहेका छन् ।

सीमा नाकामा खटिएका २ जना स्वास्थ्यकर्मीले भारतबाट आएका व्यक्तिको ज्वरो र एन्टिजेन परीक्षण गर्ने गरेका छन् । भारतबाट फर्किएका अधिकांश व्यक्तिले सीमामा स्वास्थ्य जाँच गर्न नमान्ने समस्या देखिएको छ ।

संक्रमण पुष्टि भएका व्यक्तिलाई राख्ने आइसोलेशन सेन्टर र उपचार गर्ने अस्पतालको अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । जसका कारण संक्रमित सीमा नाका मै लामो समय सम्म अलपत्र पर्दै आएका छन् ।

कोरोनाको संक्रमण तिब्र गतिमा फैलिए पनि हालसम्म कन्ट्याक ट्रेसिङ गरेर शंकास्पद संक्रमित खोज्ने र परिक्षण गर्ने काम पनि शुरु गरिएको छैन ।

संक्रमितहरुको संख्या बढेर अस्पतालको कोरोना वार्ड भरिएका कारण थप सिकिस्त बिरामीलाई कहाँ राख्ने भन्ने समस्या छ । बाँकेमा सक्रिय संक्रमितको संख्या करिव ५ सय पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *