एन्टिजेन किट अभावमा कञ्चनपुरमा कोरोना परीक्षण प्रभावित (भिडियो रिपोर्टसहित)
४ वैशाख २०७८ कञ्चनपुर । कञ्चनपुरमा एन्टिजेन किट अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ ।
गड्डाचौकी नाका हुँदै दैनिक हजारौ नेपाली स्वदेश फर्किए पनि किट नहुँदा थोरैको मात्र एन्टिजेन्ट परीक्षण भइरहेको छ । सीमामा सामान्य तापक्रम नापेर नै नेपाल प्रवेश दिइएको छ ।
एन्टिजेन्ट किट माग गरे पनि नआएकाले सीमा नाकामा भारतबाट आउनेको परीक्षण गर्न समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कञ्चनपुर हुँदै नेपालभरीकै मानिस आउने भएकाले प्रदेश र संघीय सरकार नै गम्भीर बन्नुपर्ने प्रशासनको तर्क छ । प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसँग किटका लागि समन्वय गरिराखेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो ।
सरकारले भारतबाट आउनेलाई नाकामै स्वास्थ्य जाँचमा कडाइ गर्ने भने पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । यसले संक्रमण गाउँगाउँमा फैलने जोखिम देखिएको छ ।
प्रतिक्रिया