खेलकूद

त्रिकोणात्मक क्रिकेट शृंखलामा नेपाल विजयी, नेदरल्याण्ड्स ९ विकेटले पराजित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ४ गते १६:४३
त्रिकोणात्मक क्रिकेट शृंखलामा नेपाल विजयी, नेदरल्याण्ड्स ९ विकेटले पराजित (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७८ काठमाडौं । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलामा नेपालले विजयी शुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाललले नेदरल्याण्ड्सलाई ९ विकेटको फराकिलो अन्तरले हरायो । जितका लागि पाएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाए भेट्टायो ।

नेपाललाई जिताउन डेब्यु खेलमा नै कुशल भुर्तेल र आसिफ शेखले अर्धतशतकीय पाली खेलेका थिए । ३० बल खेलेका कुशल ५ चौका र ५ छक्काको मद्दतमा ६२ रन बनाउँदै आउट भए । नट आउट रहेका आसिफले ३६ बलमा समान ४–४ चौका र छक्काको मद्दतमा ५४ रन बनाए ।

पहिलो विकेटका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय १६ रनको साझेदारी गरे । यो ट्वेन्टी(ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो विकेटका लागि गरेको अहिलेसम्मकै उच्च साझेदारी हो ।

यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले १ सय ८ रनको साझेदारी गरेका थिए । आजको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा नट आउट रहे ।

स अघि टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको पाहुना टोली नेदरल्याण्ड्से २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा १२ रन जोड्दा २ विकेट गुमाएको थियो ।

त्यसपछि ब्याटिङ्गमा आएका बास डी लिडले ४१ रन बनाउँदै नेदरल्याण्ड्सको पाली सम्हालेका थिए । स्कट इडवार्ड्सले ३० रन बनाए । नेपालका सन्दिप लामिछानेले २ तथा सोमपाल कामी र शाहब आलमले एक एक विकेट लिए । शाहब सबैभन्दा महंगा खेलाडी सावित भए ।

उनले चार ओभर बलिङ गर्दै ४५ रन खर्चेर एक विकेट लिएका थिए । आज नेपालसँग पराजित नेदरल्याण्ड्सले भोलि मलेसियासँग खेल्ने छ । नेपालले भने आफ्नो दोस्रो खेलमा मलेसियासँग पर्सि सोमबार खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्