खेलकूद

आईपीएलमा चेन्नईको पहिलो जित, पञ्जाव ६ विकेटले पराजित

हिमालय टिभी
२०७८ वैशाख ४ गते ७:२८
आईपीएलमा चेन्नईको पहिलो जित, पञ्जाव ६ विकेटले पराजित

४ वैशाख २०७८ नयाँ दिल्ली । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ ।

आईपीएल अन्तर्गत गएराति चेन्नईले आफ्नो दोस्रो खेलमा पञ्जाब किंग्समाथि ६ विकेटको जित निकालेको हो । १ सय ८ रनको झिनो लक्ष्य चेन्नईले २६ बल अगावै मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

चेन्नईका मोइन अलीले ४६ रन बनाउँदा फाफ डुप्लेसिस ३६ रनमा अविजित रहे । बलिङमा पञ्जाबका मोहम्मद सामीले २ विकेट हात पारे । यसअघि मुम्बईमा टस जितेर चेन्नईले फिल्डिङ रोज्यो ।

ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ६ रनमात्र बनाउन सक्यो । पञ्जाबका तर्फबाट साहरुख खानले सर्वाधिक ४७ रन बनाए ।

पञ्जाबलाई कम रनमै समेट्न चेन्नईका दीपक चहरले ४ विकेट लिए । ४ ओभरमा म्यान अफ द म्याच चहरले १ ओभर मेडन फाल्दै मात्र १३ रन दिएर ४ जना खेलाडीलाई आउट गरे ।

चेन्नई पहिलो खेलमा दिल्ली क्यापिटल्सँग ७ विकेट पराजित हुँदा पञ्जाबले राजस्थान रोयल्सलाई ४ रनले स्तब्ध बनाएको थियो ।

प्रतियोगिता अन्तर्गत आज साविक विजेता मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्