खेलकूद

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखला आजदेखि शुरु हुँदै

हिमालय टिभी
२०७८ वैशाख ४ गते ७:२२
त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखला आजदेखि शुरु हुँदै

४ वैशाख २०७८ काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला आजदेखि शुरु हुँदैछ ।

श्रृंखला अन्तर्गत पहिलो दिन आज आयोजक नेपालले नेदरल्याण्ड्ससँग खेल्ने छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा एक बजे शुरु हुनेछ ।

डबल राउण्ड रोबिनको सञ्चालन हुने श्रृंखलाका शीर्ष दुई टोलीले यही वैशाख ११ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । १४ महिनापछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपालमा पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेट २ हजार ७६ सालको माघमा भएको थियो । त्यस बेला आईसीसी विश्वकप लीग टु अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक श्रृंखला खेलेको थियो ।

लगत्तै अर्को महिना नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्याण्डमा एसीसी इस्टर्न रिजन ट्वेन्टीट्वेन्टी प्रतियोगिता खेलेको थियो ।

त्यसपछि भने कोरोना कहरका कारण नेपाली राष्ट्रिय टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्