आर्थिक

पाँचथर चौँरी महोत्सवमा स्थानीयको आकर्षण, किसानले गरे यस्तो माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ३ गते १८:४०
पाँचथर चौँरी महोत्सवमा स्थानीयको आकर्षण, किसानले गरे यस्तो माग (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ पाँचथर । नयाँ वर्ष २०७८ को अवसर पारेर पाँचथरमा चौँरी महोत्सव गरिएको छ । उत्तरी फालेलुङ गाँउपालिकाको फालोट तीन सिमाना क्षेत्रमा भएको महोत्सवमा पाँचथर र ताप्लेजुङ्गका चौँरी व्यवसायी सहभागी थिए । महोत्सव हेर्न टाढा टाढाबाट पनि मानिसहरु फालोटमा पुगेका थिए ।

पाँचथरको उत्तरी फालेलुङ्को फालोटको लेक । चौँरी चर्ने यो लेकमा यस पटक चौँरी मात्र छैनन् । यहाँका चौरमा अटाइ नअटाइ मान्छे छन् ।

बस्ती भन्दा १३ किलोमीटर टाढाको यो डाँडामा यी मानिस चौँरी महोत्सव हेर्न आएका हुन्् । २ हजार ६ सय मिटर उचाईमा भएको महोत्सवमा सहभागी हुन पाउँदा उनीहरु निक्कै खुशी छन्।

महोत्सवमा पाँचथर, ताप्लेजुङका विभिन्न ठाउँबाट चौँरी ल्याइएको थियो । चौँरी महोत्सव ब्राण्ड भइसकेको छ । त्यसैले चौरी पालनका लागि सरकारले सहयोग गरोस भन्ने चौँरीपालक किसानको माग छ ।

चौरीबाट राम्रो आम्दानी हुने भए पनि नयाँ पुस्ताको आकर्षण भने छैन् । घर छोडेर लेकमा दुख गर्नुपर्ने भएकाले पनि नयाँ पुस्ताको आकर्षण देखिँदैन । त्यसैले सुविधा विस्तार गरी चौँरीलाई पर्यटनसँग जोडेर बहुआयामिक आम्दानीको माध्यम बनाउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

चौंरी हिमाली क्षेत्रको पहिचान पनि हो । चौरी जन्य उत्पादनलाई रुचिका साथ लिने गरिन्छ । त्यसैले गोठको विकाससँगै भौतिक पूर्वाधारको विकास र किसानमा उत्साह थप्ने काममा पनि सरकारको सहयोगको अपेक्षा छ ।

यसअघिका तीनवटा महोत्सव चाररातेमा गरिएको थियो । चौथो महोत्वस फालोटमा भयो । यो महोत्सवमा देखिएको उपस्थितिले चौँरी पालनको संभावना देखाएको छ ।

त्यसैले चौँरी पालनलाई व्यवस्थित र व्यवसायिक बनाउन तीन तहका सरकारले पहल गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *