खेलकूद

त्रिकोणात्मक ट्वेन्टीट्वेन्टी सिरिजको ट्रफी सार्वजनिक

हिमालय टिभी
२०७८ वैशाख ३ गते १७:४८
त्रिकोणात्मक ट्वेन्टीट्वेन्टी सिरिजको ट्रफी सार्वजनिक

३ वैशाख २०७८ काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी सिरिजको ट्रफी सार्वजनिक गरिएएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजमा सहभागी तीनवटै टोलीका कप्तानको उपस्थितिमा आज राजधानीमा ट्रफी सार्वजनि गरेको हो । क्यानले सिरिजका लागि विशेष अर्डर गरी जर्मनीबाट ट्रफि झिकाएको बताएको छ ।

कार्यक्रममा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका पिटर सीलार र मलेसिया कप्तान फैज अहमद लगाएका खेलाडी उपस्थित थिए । सिरिजको पहिलो दिन नेपालले भोलि नेदरल्याड्ससँग खेल्नेछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । डवल राउन्ड रोविनका आधारमा हुने सिरिजमा शीर्ष दुई टोलीबीच वैशाख ११ गते फाइनल खेल हुनेछ ।

१४ महिना पछि घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्न लागेको नेपालले यसअघिनै ज्ञानेन्द्र मल्लको कप्तानीमा स्पिनर साहब आलमलाई पहिलो पटक टोलीमा समेट्दै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

नेपालमा पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेट २०७६ को माघमा भएको थियो । त्यतिबेला आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेलेको थियो ।

लगतै अर्को महिना नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्याण्डमा एसीसी इस्टर्न रिजन ट्वेन्टी(ट्वेन्टी प्रतियोगिता खेलेको थियो । त्यसपछि भने कोरोना कहरका कारण नेपाली राष्ट्रिय टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

यसैबीच पूर्व कप्तान पारस खड्काले यो सिरिज गुमाउने भएका छन् । फिल्डिङ प्रशिक्षणका क्रममा दायाँ काँधमा चोट लागेपछि २, ३ हप्ता उपचारमा लाग्ने भएपछि यो खेल गुमाउने पारसले सामाजिक सञ्जाल मार्फत् जानकारी गराएका हुन् ।

मुख्य खेलाडी पारस चोट ग्रस्त बनेपछि क्यानले उनको स्थानमा सन्दीप जोरालाई बोलाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्