आर्थिक
सुनको भाउ तोलामा ७ सय बढ्यो, प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोवार
२०७८ वैशाख ३ गते १३:३२
३ वैशाख २०७८ काठमाडौं । बिहेवारीको मौसम सुरुभएसँगै सुनको बजार भाउमा पुनः वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।
साताको अन्तिम दिन आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो ।
आजको सुनको भाउ गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ ।
यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर एक हजार तीन सय रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया