म्यानचेष्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लीगको सेमिफाइनलमा
२ वैशाख २०७८ काठमाडौं । म्यानचेष्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लीग फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
च्याम्पियन्स लीग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई २(१ गोलले हराउँदै समग्रमा ४–२ को नतिजासहित म्यानचेष्टर सिटी अन्तिम चारमा स्थान सुरक्षित पारेको हो ।
घरेलु मैदानमा बोरुसियाले १५औं मिनेटमै जुड बेलिन्ह्यामको गोलसँगै अग्रता बनाएको थियो । तर त्यसपछि सिटीले लगातार दुई गोल थपेको थियो । उसका लागि ५५औं मिनेटमा पेनाल्टीमार्फत रियाद महरेज र ७५औं मिनेटमा फिल फोडेनले गोल गरेका थिए ।
पहिलो लेग सिटीले घरेलु मैदानमा २–१ ले नै जितेको थियो । अब सेमिफाइनलमा सिटी र पीएसजीबीच खेल हुनेछ ।
यस्तै अर्को खेलमा लिभरपुलसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ३–१ गोलको नतिजा निकाल्दै रियल मड्रिडले पनि सेमिफाइनल यात्रा तय गर्यो । लिभरपुलको घरेलु मैदानमा सम्पन्न खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन् । घरेलु मैदानमा भएको पहिलो लेगमा रियल ३१ ले नै विजयी भएको थियो ।
यससँगै रियल ३० औं पटक युरोपियन प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा रियलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया