खेलकूद

आईपीएलमा बेंग्लोरको दोस्रो जित, हैदराबाद ६ रनले पराजित

हिमालय टिभी
२०७८ वैशाख २ गते ७:२६
आईपीएलमा बेंग्लोरको दोस्रो जित, हैदराबाद ६ रनले पराजित

२ वैशाख २०७८ नयाँ दिल्ली । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले लगातार दोस्रो जित निकालेको छ ।

आईपीएल अन्तर्गत गएराति आफ्नो दोस्रो खेलमा बेंग्लोरले सनराइजर्स हैदराबादलाई ६ रनले हराएको हो । १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ को क्षतिमा १ सय ४३ रनमात्र बनाउन सक्यो ।

हैदराबादका कप्तान डेविड वार्नरले सर्वाधिक ५४ तथा मनिष पाण्डेले ३८ रन बनाए । बेंग्लोरका साहबाज खानले तीन तथा मोहम्मद सिराज र हर्षल पटेलले समान २(२ विकेट लिए ।

यसअघि चेन्नईमा टस हार्दै पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४९ रनको योगफल तयार पारेको थियो । बेंग्लोरका तर्फबाट ग्लेन म्याक्सवेलले ५९ तथा कप्तान विराट कोहलीले ३३ रन जोडे ।

बलिङ्तर्फ हैदराबादका ज्यासन होल्डरले तीन अनि राशिद खानले दुई विकेट हात पारे । जितसँगै बेंग्लोर तालिकाको शीर्ष स्थानमा पुगेको छ । बेंग्लोरले आफ्नो पहिलो खेलमा साविक विजेता मुम्बई इण्डियन्सलाई दुई विकेटले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत आज मुम्बईमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्