समाज

न सास पाए न त लास, आफन्तको सम्झनामा आँसु झार्न बाध्य भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २ गते ६:१७
न सास पाए न त लास, आफन्तको सम्झनामा आँसु झार्न बाध्य भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ दाङ । द्वन्द्वको समयमा बेपत्ता भएका व्यक्तिको अहिलेसम्म खोजी तथा पहिचान भएको छैन । जसले गर्दा परिवारजनले न त सास पाएका छन्, न त लास । त्यसैले बेपत्ता परिवारका सदस्य अहिले पनि आफन्तको सम्झनामा आँसु झार्न बाध्य छन् ।

दाङमा बेपत्ता खोजविन आयोगका पदाधिकारीसामु पनि परिवारजनले यस्तै दुखेसो पोखेका छन् ।

दाङको तुल्सीपुरकी तिलाकुमारी भण्डारीका छोरा २०५९ सालदेखि बेपत्ता हुनुहुन्छ । एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा आफन्त बेपत्ता भएको पीडा भण्डारीलाई मात्र छैन । दाङका १ सय ४१ जना बेपत्ता छन् ।

बेपत्ता हुनेका परिवारले आफन्तको कि त सास कि लास मागिरहेका छन् ।

शान्ति सम्झौतासँगै सशस्त्र द्वन्द्व अन्त्य भएको थियो । सम्झौता अनुसार द्वन्द्वका क्रममा वेपत्ता भएका नागरिकको खोजबिनका लागि सरकारले आयोग बनाएको छ । तर १५ वर्षमा पनि वेपत्ताको अवस्था पत्ता लाग्न सकेको छैन ।

सरोकारवालाको फरक फरक बुझाईले वास्तविक पीडितले न्याय पाउन नसकेको आयोगको दाबी छ ।

आयोगका अध्यक्ष युवराज सुवेदी राज्यले वेपत्ता व्यक्तिको स्थिति पत्ता लगाएरै छाड्ने दाबी गर्नुहुन्छ ।

राज्यले आश्वासन दिइरहने तर बेपत्ताको स्थिति पत्ता नलाग्नु दुखद् छ । राज्यले बेपत्ताको स्थिति पत्ता लगाएर परिवारलाई न्याय दिनु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *