राजनीति

प्रचण्ड लुटपाट गरेर सत्तामा पुग्न चाहेको प्रधानमन्त्री ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १ गते १८:०२
प्रचण्ड लुटपाट गरेर सत्तामा पुग्न चाहेको प्रधानमन्त्री ओलीको आरोप (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लुटपाट गरेर सत्तामा पुग्न चाहेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो चाहना पूरा नभएपछि प्रतिगमन भयो भनेर हल्ला चलाएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधान कहाँ खोसियो ? जनताको अधिकार कहाँ खोसियो भनेर पनि प्रश्न गर्नुभयो ।

पूर्व माओवादी लडाकू समेत सहभागी कार्यक्रममा माओवादी केन्द्रका अध्यक्षप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्रीले प्रचण्डले लाशमाथि टेकेर राजनीति गर्दै जनतालाई धोका दिएको आरोप पनि लगाउनुभयो ।

आन्दोलनका शहीद र घाइते योद्धा परिवारलाई राज्यले हेर्ने र रोजगारीको अवसर दिने प्रधानमन्त्रीले आश्वासन दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्