यसरी प्रदुषित हुँदै धादिङको थोपल खोला (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ धादिङ । राजधानी काठमाडौंका नदीनाला प्रदुषित भएको सबैलाई जानकारी छ । राजधानीका नदीनाला मात्रै नभएर नयाँ शहर बस्दै गरेका स्थानका नदीनालाले पनि त्यस्तै नियति भोग्नुपर्ने अवस्था आएको छ । यसैको एउटा उदाहरण हो धादिङको थोपल खोला ।
यो धादिङ सदरमुकाम धादिङबेसी स्थित थोपल खोला हो । नीलकण्ठ नगरपालिकामा पर्ने यो खोलामा पानीका बोतल, फोहर, ढल लगायतका फोहरजन्य वस्तु तथा पदार्थ सिधैं मिसाउने गरिएको छ । घरको ढलसमेत सिधैं मिसाउँदा यो दिनहुँ दुर्गन्धित र प्रदुषित हुँदै गइरहेको छ ।
दुई दशक अघिसम्म यो खोलाको पानी सिधैं पिउन मिल्थ्यो । तर अहिले परैबाट गनाउँछ ।
यसो त नगरपालिका र स्थानीय टोलसुधार समितिको पहलमा हरेक शनिबार थोपल खोला सरसफाई गर्ने अभियान नचलाइएको पनि होइन । तर त्यो पर्याप्त छैन । थोपल खोला बाग्मती र विष्णुमति नदी जस्तै अवस्था नहोस भन्नका लागि नगरपालिका सजग र सचेत रहेको नगरपालिकाले जनाएको ।
सरसफाई अभियानका बाबजुद पनि खोला सफा बन्न सकेको छैन् । सबैभन्दा बढी फोहोर सिरान बजार देखि पुछार बजारसम्म करिब एक किलोमिटरको दुरीमा छ। धादिङ र नुवाकोटको सिमाक्षेत्र भर्याङभुरुङ मुहान रहेको यो खोला त्रिशुलीमा गएर मिसिन्छ ।
प्रतिक्रिया