कोभिड–१९ ले सिर्जना गरेको चुनौति सामना गर्ने बजेट ल्याउने तयारी

३१ चैत २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभूत सिद्धान्त आत्मसात गरेर अनुशासित बजेट ल्याउने तयारी भैरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री पौडेलले कार्यान्वयनको सुनिश्चितता गरेर अनुशासित बजेट ल्याउने बताउनुभयो ।
कोभिड–१९ ले सिर्जना गरेको चुनौति र त्यसको सामना गर्ने विषयले बजेटमा प्राथमिकता पाउने पनि उहाँले जानकारी दिनुभयो ।
कोभिड संक्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध तथा सामाजिक जीवनलाई पुनरउत्थान गर्ने विषयलाई पनि बजेटले सम्बोधन गर्ने मन्त्री पौडेलले बताउनुभयो ।
अन्य मन्त्रालयसँग पनि समन्वय गरी बजेट निर्माण गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो । बजेट निर्माणमा सम्बन्धित मन्त्रालय नै सम्पूर्ण रुपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने उहाँको दाबी छ ।
आयोजना कार्यान्वयनका सन्दर्भमा विगतका समस्या पुनरावृत्ति नहोस् भनेर मन्त्रालय सचेत रहेको पनि मन्त्री पौडेलले बताउनुभयो ।
प्रतिक्रिया