आर्थिक

सगरमाथा इन्स्योरेन्सले ल्यायो सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३१ गते १६:५५
सगरमाथा इन्स्योरेन्सले ल्यायो सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना ल्याएको छ ।

नयाँ वर्षको अवसर पारेर कम्पनीले ७ देखि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एकदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र एक देखि १० लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिको रोगको बीमा योजना ल्याएको हो ।

७ लाख रुपैयाँसम्मको दुर्घटना, एक लाख रुपैयाँको स्वास्थ्य उपचार र एक लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिमको बीमाको एक वर्षमा १६ सय रुपैयाँ तिरे पुग्नेछ ।

यस्तै बीमितले १० लाख रुपैयाँसम्मको दुर्घटना, २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार र दुई लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका रोगका बीमा गरे एक वर्षमा तीन हजार रुपैयाँ तिर्नुपर्नेछ ।

भुक्तानीको लागि बीमितले अस्पतालबाट डिस्चार्ज भएको वा रोग पत्ता लागेको ७ दिन भित्रमा लिखित वा मौखिक जानकारी दिनु पर्नेछ ।

अस्पतालको बिल भर्पाइ वा रिपोर्ट र डाक्टरको प्रेस्क्रिप्सन सहितका कागजपत्र बुझाएर बीमा रकम लिन सकिनेछ । दाबी फारम भरेर सबै कागजपत्र पुरा गरेको एक हप्ताभित्र रकम पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *