कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ चैत ३१ गते १५:५५
कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु

३१ चैत २०७७ पर्सा । कोरोना संक्रमणका कारण आज पर्सामा दुई जनाको मृत्यु भएको छ ।

कोरोना महामारिको दोस्रो लहर आएसँगै पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा चार घण्टाको अन्तरालमा २ जनाको मृत्यु भएको हो। बाराको छापा पिपराका– ९ का ३७ वर्षीय युवक र वीरगन्ज महानगरपालिका– ३ का ६२ पुरुषको आज बिहान मृत्यु भएको हो।

बाराका युवकको उपचारका क्रममा बिहान साढे ३ बजे र ६२ बर्षीय पुरुषको बिहान साढे ८ बजे मृत्यु भएको नारायणी कोरोना अस्पतालका प्रवक्ता डा। सरोज रोशन दासले जानकारी दिनुभयो ।

मृतक मध्ये बाराका युवक चैत २६ गते वीरगन्जकै एक अस्पतालमा उपचारार्थ भर्ना भएका थिए। थप उपचारका लागि उनलाई हिजो मात्रै नारायणी अस्पतालमा भर्ना गरिएको थियो । मृतक युवक चैत १३ गते भारतको हैदराबादबाट नेपाल आएको हिस्ट्री भेटिएको डा दासले बताउनुभयो ।

अर्का ६२ बर्षीय मृतक भने अस्ती बिहान ६ बजे नारायणी अस्पतालमा नै भर्ना भएका थिए। उनको पिसिआर रिपोर्ट हिजो पोजेटिभ आएको थियो । पर्सामा पछिल्लो २४ घण्टामा ४० जना संक्रमित थपिएको पनि नारायणी अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *