आर्थिक

राष्ट्र बैंकले आज १० अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने

हिमालय टिभी
२०७७ चैत ३० गते ६:०८
राष्ट्र बैंकले आज १० अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने

३० चैत २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको टे«जरी बिल विक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको टे«जरी बिल विक्री गर्न लागिएको जनाएको छ ।

त्यसमा रु आठ अर्ब बराबरको टे«जरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको टे«जरी बिल भने १८२ दिनका लागि हो ।

सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको टे«जरी बिल विक्री गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *