समाज

योजना अलपत्र, बागलुङको बरेङ खानेपानीको चरम समस्यामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २९ गते १६:२१
योजना अलपत्र, बागलुङको बरेङ खानेपानीको चरम समस्यामा (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ दमौली । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर १ र २ का बासिन्दाले खानेपानीको समस्या झेलिरहेका छन् । गाउँपालिकाको केन्द्रमा पर्ने २ वटा वडाका बासिन्दालाई लक्षित गरी बनाइएको योजना अलपत्र परेको छ ।

बागलुङको बरेङ गाउँपालिकामा खानेपानीको समस्या अन्त्यको लागि विभिन्न योजना पर्ने गरेका छन् । तर ती योजनामा गरेको लगानी बालुवामा पानी हाले सरह भएको छ । खानेपानीको विषयमा पटक–पटक वडा कार्यालयदेखि गाउँपालिकासम्म कुरा राख्दा पनि कुनै सुनुवाई नभएको उपभोक्ताको गुनासो छ ।

आर्थिक वर्ष ०७७–७८ मा गाउँपालिकाबाट परेको झुले बरेङ खानेपानी योजना सम्पन्न भएको छैन । खानेपानीको समस्या समाधानका लागि लागिरहे पनि समस्या समाधान हुन सकेको छैन ।

घोरघोरे खानेपानी आयोजनाको निर्माण कम्पनी अमृत निर्माण सेवाले काम पूरा नगरी गाउँपालिकाबाट सबै रकम लिइसकेको र अहिले कसैको पनि सम्पर्कमा छैन । बरेङ गाउँपालिकाको कार्यालयले भने ठेकेदार कम्पनीसंग समस्या समाधानका लागि समन्वयन भैरहेको दाबी गरेको छ ।

झुले बरेङ खानेपानी योजना, घोरघोरे योजनाका जस्ता योजनाहरु भए पनि ठेकेदारले काममा आलटाल गर्दा समस्या भएको छ । ५१ लाख रुपैयाँ लगानीको घोरघोरे योजनाको लागि ठेकेदार कम्पनीले करिव सात सय मिटर मात्र पाइप बिच्छाई काम छाडेको छ ।

स्थानिय स्तरमा हुने विकास योजनामा गाँउपालिकाका कर्मचारी र जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा गर्न चुकेको कारण उपभोक्ताले सास्ती खेप्न वाध्य भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *