आर्थिक

रुपन्देहीमा कृषक पाठशाला, दश प्रतिशतले बढ्यो कृषि उत्पादन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २९ गते १४:०४
रुपन्देहीमा कृषक पाठशाला, दश प्रतिशतले बढ्यो कृषि उत्पादन (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ रुपन्देही । रूपन्देहीको सैनामैना नगरपालिकाले सञ्चालन गरेको कृषक पाठशालाबाट तालिम लिएर किसानले व्यवसायिक तरकारी उत्पादन शुरु गरेका छन् ।

किसानलाई कृषि क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले नगरपालिकाले कृषि पाठशाला सञ्चालन गरेको हो । पाठशालाका कारण तरकारी उत्पादन ५ प्रतिशतले बढेको नगरपालिकाको दाबी छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाले गत आर्थिक वर्षमा २ वटा वडामा कृषक पाठशाला सञ्चालन गरेको थियो । पाठशालबाट किसान लाभान्वित भएपछि नगरपालिकाले चालु आर्थिक वर्षमा ११ वटै वडामा पाठशाला सञ्चालन गरेको छ ।

पाठशालामा सीप सिकेर २ सय ७५ किसान प्रत्यक्ष तरकारी उत्पादनमा लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ४ महिना सञ्चालन गरेको तालिममा सहभागी भएपछि किसानले व्यावसायिक तरकारी उत्पादन थालेका हुन ।

पाठशालामा किसानलाई कृषि उत्पादनका विषयमा व्यवहारिक र प्राविधिक ज्ञान–सिप प्रदान गरिएको छ । पाठशालामा खेतीयोग्य जमिनमा शत्रु जीव र मित्र जीव अर्थात बालीलाई फाइदा पुर्‍याउने र बेफाइदा पुर्‍याउने जिव कसरी पहिचान गर्ने, जमिनलाई माटोको सुरक्षा गर्दै उत्पादन कसरी बढाउने भन्ने बारेमा जानकारी दिइएको छ ।

यस्तै खाद्यान्न र तरकारी उत्पादन गर्ने तरिका, उन्नत बिउबिजन, मलजल प्रयोग, प्राविधिक ज्ञान लगायतका विषयमा पनि पाठशालामा सिकाइन्छ ।

पाठशाला सञ्चालन भएपछि अर्गानिक तरकारी उत्पादन ५ प्रतिशले बढेको नगरपालिकाको दाबी छ । यो आर्थिक वर्षमा ११ लाख बजेट छुट्टाएर ११ वटै वडामा पाठशाला सञ्चालन गरिएको हो ।

किसानलाई कृषि क्षेत्रका ज्ञान र सीप प्रदान गरी गुणस्तरीय बाली उत्पादन गर्न सिकाउने उद्देश्यले कृषि पाठशाला सञ्चालन गरिएको नगरपालिकाको भनाइ छ ।

पाठशालामा परम्परागत तरिकारले गरिने खेती प्रणाली र आईपिएम प्रविधि अर्थात एकीकृत किट व्यवस्थापन गरेर गरिने खेतीको फरक किसानलाई थाहा हुन्छ ।

यसले गर्दा नगरभित्र आर्गनिक तरकारी उत्पादन हुँदै आएको र नगरपालिकालाई तरकारीमा आत्मनिर्भर गराउँदै ल्यैजाने नगरपालिकाको लक्ष्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *