खेलकूद

एएफसी कपको दोस्रो छनोट खेल खेल्न त्रिभुवन आर्मी फूटबल क्लब भारत प्रस्थान

हिमालय टिभी
२०७७ चैत २९ गते १३:४१
एएफसी कपको दोस्रो छनोट खेल खेल्न त्रिभुवन आर्मी फूटबल क्लब भारत प्रस्थान

२९ चैत २०७७ काठमाडौं । एएफसी कप दक्षिण एसियाली छनोट अन्तर्गत प्ले अफको दोस्रो खेलका लागि त्रिभुवन आर्मी फूटबल क्लब आज भारत प्रस्थान गरेको छ ।

प्लेअफको दोस्रो चरणमा भारतको बेङ्लुरु फूटबल क्लबसँग खेल्नका लागि २७ सदस्यीय आर्मीको टोली आज त्यसतर्फ गएको हो । बेङ्लुरुसँग आर्मीले वैशाख एक गते नेपाली समय अनुसार साँझ पौने ६ बजे जिएमसी रंगशालामा खेल्नेछ ।

प्लेअफको पहिलो चरणमा आर्मीले श्रीलंका पुलिस स्पोर्टस् क्लबलाई हराउँदै बेङ्लुरुसँगको भेट पक्का गरेको हो । गत बुधबार दशरथ रंगशालामा भएको खेलमा आर्मी ५९१ गोलले विजयी भएको थियो ।

र्मीसँगको खेलबा लागि बेङ्लुरुले सुनिल क्षेत्रीको कप्तानीमा २९ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

एएफसीको तालिका अनुसार आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन आर्मीले तीन खेल जित्नुपर्ने हुन्छ ।

अब बेङ्गलुरुलाई हराएमा आर्मीले प्लेअफको अर्को पोलको विजेतासँग फाइनल खेल्नेछ । त्यस खेलको विजेताले एएफसी कपमा प्रवेश गर्दै समूह डीमा स्थान बनाउनेछ । समूह डीमा दक्षिण एसियाका ४ क्लब रहनेछन् ।

जसमा तीन वटा क्लब भारतको एटिके मोहुन बगान, बंगलादेशको बसुन्धारा किङ्स र माल्दिभ्सको माजिया स्पोर्ट्स क्लबले घरेलु लिग जित्दै स्थान बनाइसकेका छन् भने एक स्थानको लागि आर्मीले खेल्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्