खेलकूद

आईपीएलमा दिल्ली क्यापिटल्स विजयी, चेन्नई ७ विकेटले पराजित

हिमालय टिभी
२०७७ चैत २९ गते ७:२५
आईपीएलमा दिल्ली क्यापिटल्स विजयी, चेन्नई ७ विकेटले पराजित

२९ चैत २०७७ नयाँ दिल्ली । इण्डियन प्रिमियर लीग (आईपील)मा दिल्ली क्यापिटल्सले विजयी शुरुवात गरेको छ ।

आईपील अन्तर्गत गएराति दिल्लीले चेन्नई सुपर किंग्समाथि ७ विकेटको शानदार जित निकालेको हो । १ सय ९० रनको लक्ष्य दिल्लीले मात्र ३ विकेट गुमाएर ८ बल अगावै पूरा गरेको थियो ।

उसका लागि शिखर धवनले ८५ तथा पृथ्वी शाले ७२ रनको उत्कृष्ट अर्धशतकीय इनिंग्स खेले । धवनले ५४ बलमा ८५ र शाले ३८ बलमा ७२ रन जोडेका थिए । बलिङ्मा चेन्नईका श्रदुल ठाकुरले २ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ८८ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले सर्वाधिक ५४ रन जोडे ।

त्यस्तै मोइन अलीले ३६, रविन्द्र जडेजाले २६ तथा अम्बाटी रायुडुले २३ रन बनाए । दिल्लीका क्रिस ओक्स र अवेश खानले समान २२ विकेट हात पारे । प्रतियोगिता अन्तर्गत आज चेन्नईमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्