राजनीति

ओली सरकार केही दिनमै विस्थापित हुने अध्यक्ष प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २८ गते १७:२५
ओली सरकार केही दिनमै विस्थापित हुने अध्यक्ष प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीदिनभित्रै नयाँ सरकार गठन हुने दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग चलिरहेको छलफल सकारात्मक भएको भन्दै केहीदिनमै अहिलेको सरकार विस्थापित हुने दाबी गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस, जसपा लगायतका दलसँग मोर्चाबन्दी गरेर अघि बढ्ने पनि प्रचण्डले घोषणा गर्नुभयो । चुनावपछि केपी ओली चौथो स्थानमा पुग्ने पनि उहाँको दाबी छ ।

काठमाडौंमा आजै आयोजित अर्को कार्यक्रममा प्रचण्डले सरकार राज्यका सबै अंग र संयन्त्र कब्जा गर्न लागि परेको आरोप लगाउनुभयो ।

प्रचण्डले आफुले भनेजस्तो हुन नसके नयाँ खालको विद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार रहन पनि आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभयो । तर त्यस्तो विद्रोह शान्तिपूर्ण हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्