खेलकूद

संकटा क्लबलाई आहा रारा गोल्डकपको उपाधि, अफ्रिकन रुट्स ४–० गोलअन्तरले पराजित

हिमालय टिभी
२०७७ चैत २८ गते १७:१७
संकटा क्लबलाई आहा रारा गोल्डकपको उपाधि, अफ्रिकन रुट्स ४–० गोलअन्तरले पराजित

२८ चैत २०७७ पोखरा । संकटा क्लबले पहिलोपल्ट आहा रारा गोल्डकप फूटबलको उपाधि जितेको छ ।

पोखरा रंगशालामा आज भएको फाइनलमा टाइब्रेकरमा अप्रिकन रुट्स युनाइटेडलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै संकटाले उपाधि जितेको हो । संकटाले पहिलो पटक आहा राराको उपाधि जितेको हो ।

उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो । खेलको निर्धारित समय र थप गरिएको ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।पेनाल्टीमा संकटाले बाजी मार्‍यो ।

पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए । अफ्रिकनका यानिक र रिमले गोल गरे । तर, कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाए ।

पेनाल्टी अघि खेलको १० औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुटलाई १–० को अग्रता दिलाएका थिए । उनले मौसाको सटिक पासमा गोल गरे । खेलको २१ औं मिनेटमा अफ्रिकनले अग्रता दोब्बर बनाउने मौका गुमायो । संकटाका डिफेन्डरबीच तालमेल नमिल्दा डिबक्स भित्र प्राप्त बलमा अनमार्क रहेका बासेकले गोल गर्न सकेनन् ।

उनको कडा प्संरहार संकटाका गोलकिपर राजाबाबु थापाले उत्कृष्ट बचाउ गरे । खेलको ३७ औं मिनेटमा संकटाका फोफानाको हेडर बल अफ्रिकनका गोलकिपर डीए स्याल्भियोले सहजै बचाए । खेलको ४९ औं मिनेटमा ठिक डिबक्स भित्रबाट मौसाको प्रहार संकटाका गोलकिपर राजाबाबुले उत्कृष्ट बचाउ गरे ।

तर, खेलको ५१ औं मिनेटमा ग्लोरीले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । गोलकिपर राजाबाबुको लामो पासमा उनले गोल गरेका हुन् । ६८ औं मिनेटमा संकटाका फोफानाको डिबक्सको ठिक भित्रबाटको प्रहार अफ्रिकनका गोलकिपर स्याल्भियोले बचाए ।

त्यसपछि खेलमा थप गोल भएन र खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयमा संकटाले केहि गोलको अवसर खेल फालेको थियो । १ सय १० औं मिनेटमा ग्लोरीको फ्री हेडर बल पोस्ट नजिकबाट बाहिरियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्