अहिलेको सरकार नेपालको इतिहासमै सबैभन्दा नालायकः अध्यक्ष प्रचण्ड (भिडियो रिपोर्टसहित)
२८ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार इतिहासकै सबैभन्दा नालायक भएको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आज पार्टी निकट कर्मचारीको कार्यक्रममा प्रचण्डले रुपमा हेर्दा कम्युनिष्ट भनिए पनि सरकार अहिलेसम्मकै विवेकहीन भएको दाबी गर्नुभयो । उहाँले अब यो सरकार धेरैदिन नटिक्ने पनि बताउनुभयो ।
सरकार राज्यका सबै अंग र संयन्त्रमा कब्जा जमाउन लागेकोमा त्यसविरुद्ध तीन दलबीच सहमति बनेको पनि प्रचण्डले दाबी गर्नुभयो । हिजो बसेको कांग्रेस, माओवादी र जसपाको बैठकले सरकारले राज्यका सबै अंगमा जवर्जस्ती कब्जा जमाउन खोजिरहेकाले त्यसविरुद्ध उभिन एकमत भएको जनाउनुभयो ।
प्रचण्डले एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाउनुभयो । मिलेर बसेकालाई अदालतले जवर्जस्ती डिभोर्स गराएको उहाँको आरोप छ । अब फेरि एकताका लागि दलहरुबीच प्रयास गर्ने र संभव नभए प्रतिवाद गर्ने प्रचण्डको दाबी छ ।
नयाँ खालको विद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै उहाँले कर्मचारीलाई तयारी गर्न पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया